३ कार्तिक २०८३, मंगलबार

पहिरोको उच्च जोखिममा छन् यी तेह्र मुख्य सडक, त्यता जाँदै हुनुहुन्छ भने ध्यान दिनुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadakकाठमाडौं, ३२ जेठ । भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले १३ वटा मुख्य सडक पहिरोको उच्च जोखिममा परेको जनाएको छ ।

भूकम्प र त्यसपछिक परकम्पनले ती सडक चिराचिरा परेको भन्दै उच्च जोखिमको सूचीमा राखेको हो ।

सडक विभाग र विशेषज्ञ टोलीले १ महिना लगाएर ती सडकको अध्ययन गरेको कान्तिपुर दैनिकले छापेको छ ।

सडक विभागका महानिर्देशक माधव कार्कीले वर्षाअघि नै पहिरोको उच्च जोखिम रहेका सडकमा आपतकालीन उद्धार टोली तयारी अवस्थामा राखिने बताए ।

अरनिको राजमार्ग खण्डको दोलालघाट– बाह्रबिसे–कोदी सडक, लामोसाँघु खण्डको मन्थली–खुर्कोट सडक अति जोखिमपूर्ण छन् ।

प्रतिवेदनअनुसार टोखा –छहरे सडक, पासाङ ल्यामु राजमार्गको बालाजु–ककनी– त्रिशूली सडक–त्रिशूली खण्डको धुन्चे–स्याफ्रुबेसी–रसुवागढी सडक र पृथ्वी राजमार्गको काठमाडौं–मुग्लिङ– डुम्रे सडक पनि भूकम्पले चिरा परेको छ ।

गोर्खाको एघारकिलो–बारपाक सडकसिद्धार्थ राजमार्ग, पोखरा सडक खण्डको बाग्लुङ–बेनी जोमसोम सडक र हेटौंडा सडक खण्डको भीमफेदी–कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा पनि पहिरो जान सक्ने सम्भावना छ ।