३ कार्तिक २०८३, मंगलबार

दुई दशकमा सबैभन्दा बढी नेपाल मजदुर मलेसिया यसरी पुगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia-cityकाठमाडौं, ३२ जेठ । वैदेशिक रोजगार विभागले तयार पारेको एक तथ्यांकले दुई दशकमा सबैभन्दा बढी नेपाली मलेसिया पुगेको देखाएको छ ।

आइतबार घोराहीमा प्रस्तुत तथ्यांक अनुसार यो अवधिमा साढे आठ लाख नेपाली मलेसियमा पुगेका छन् ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०५१–०५२ देखि गत चैतसम्म कानुनी प्रक्रिया पूरा गरी काम गर्न मलेसिया जानेको संख्या ८ लाख ५० हजार २ सय ६९ पुगेको छ ।

यसमा ८ लाख ३२ हजार ९ सय पुरुष रहेका छन् भने १७ हजार तीन सय २२ महिला छन् । बढी नेपाली जाने दोस्रो मुलुक कतार हो ।

कतारमा अहिलेसम्म ७ लाख १८ हजार २ सय ६९ जना पुगेको नागरिक दैनिकले छापेको छ ।

तेस्रो नम्बरको साउदी अरेबियामा ५ लाख २९ हजार २ सय ६४ नेपाली पुगेको तथ्यांक छ ।

दुई दशकको अवधिमा युएईमा ३ लाख ४७ हजार ७ सय ४८, कुवेतमा ९१ हजार ३ सय ४२, बहराइनमा ३५ हजार ८ सय ८ जना पुगेका छन् ।

ओमनमा २३ हजार ६ सय ८०, दक्षिण कोरिया २२ हजार २ सय ७२, लेबनान ११ हजार ८ सय ३०, जापान ८ हजार ७ सय २२ पुगेको सरकारी तथ्यांक छ ।

वैदेशिक रोजगारमा जाने दश जिल्लामा धनुषा, झापा, मोरङ, महोत्तरी,सिरहा, नवलपरासी, सप्तरी, सुनसरी, रुपन्देही र सर्लाही रहेका छन् ।