३ कार्तिक २०८३, मंगलबार

ठूला दलका ठूला नेताहरूले ठूला पद यसरी बाँडेका रहेछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netaharu Meetingकाठमाडौं, ३२ जेठ । संविधान जारी भएपछि राज्यका प्रमुख पाँच पद बाँडफाँडबारे मुख्य दलहरुबीचको अनौपचारिक समझदारी बनिसकेको खुलासा भएको छ ।

गतसाताको १६ बुदेँ सहमतिका बेला अनौपचारिक समझदारी सार्वजनिक नगरिएपनि हस्ताक्षरकर्ता नेताहरुले भागबन्डाबारे बताउन थालेका छन् ।

प्रमुख चार दलबीच गतसाता भएको सहमतिको नवौं बुदामा संविधान जारी भएपछि प्रमुख ५ पद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख पदको निर्वाचन गर्ने उल्लेख रहेको कान्तिपुर दैनिकले छापेको छ ।

नेताहरुका अनुसार राष्ट्रपति कांग्रेस, प्रधानमन्त्री एमाले, सभामुख एकीकृत माओवादी, उपराष्ट्रपति, उपसभामुख पद मधेसी लगायतका दललाई दिने सहमति भएको छ ।