काठमाडौं, ३१ जेठ । संविधान मस्यौदा समितिले संविधानसभाको निर्देशनअनुसार नयाँ संविधानको पहिलो एकिकृत मस्यौदा निर्माणको काम सुरु गरेको छ ।
संविधानसभा बैठक बहिस्कार गरेका मधेसी जनअधिकार फोरम नेपालसहित पाँच साना दलका प्रतिनिधिसमेत मस्यौदा निर्माणको प्रक्रियामा सहभागी भएका छन् ।
संवाद समितिले जुटाएका सहमति सहितको प्रतिवेदन प्राप्त गरेपछि आइतबार बसेको मस्यौदा समितिको पहिलो बैठकले १२ दिन भित्र नयाँ संविधानको पहिलो मस्यौदा तयार गर्ने कार्ययोजना पारित गरेको हो ।
संविधानसभाले उसलाई बढिमा १५ दिन भित्र संविधानको प्रारम्भिक मस्यौदा पेस गर्ने कार्यदेश तोकेको कान्तिपुर दैनिकले छापेको छ ।
संविधानसभाले प्रमुख दलहरुबीचको १६ बुँदे राजनीतिक सहमति अनुसार संविधानको मस्यौदालाई एकरुपता दिन, संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सहमति हुँन बाँकी रहेका संविधानको प्रस्तावनामा प्रयोग गरिने शब्दावली, संक्रमणकालिन ब्यवस्था, संविधान संसोधन जस्ता सहमति जुट्न बाँकी रहेका र छुट भएका अन्य विषयमा टुंगो गरी मस्यौदा तयार गर्न निर्देशन दिएको थियो ।















प्रतिक्रिया