३ कार्तिक २०८३, मंगलबार

वैदेशिक रोजगारीमा मन्त्रीले आफन्तलाई फाइदा दिन शून्य लागतको निर्णय !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tekbahadur Gurungकाठमाडौं, ३२ जेठ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले आफ्नो र आफन्तको व्यवसायलाई फाइदा पुग्ने गरी वैदेशिक वैदेशिक रोजगारीमा जाने कामदारका लागि शून्य लागतको निर्णय गरेको व्यवसायीहरुले आरोप लगाएका छन् ।

राज्यमन्त्री गुरुङ आफैँ म्यानपावर व्यवसायी हुन् ।

उनको हिमाल जनशक्ती म्यानपावर कम्पनी संचालनमा छ भने आफन्तका ११ वटा कम्पनी छन् ।

राज्यमन्त्री गुरुङले शुक्रबार यीनै कम्पनीहरुलाई फाइदा पुग्ने गरी मलेसिया र खाडीलगायतका ६ वटा मुलुकमा जाने कामदारका लागि निुशल्क टिकट र भिसा लागु गर्ने निर्णय गरेको व्यवसायीहरुले बताएको नागरिक दैनिकले छापेको छ ।