२६ कार्तिक २०८३, बिहिबार

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ उदयपुरको अध्यक्षमा कोयु

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २७ फागुन । नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ उदयपुरको अध्यक्षमा राजकुमार राई कोयु सर्वसहमत चयन हुनुभएको छ ।

आइतबार सम्पन्न महासंघको दोश्रो जिल्ला अधिवेशनले राईको नेतृत्वमा ४६ सदस्सीय जिल्ला कार्य कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा पर्शुराम चौधरी, तारादेवी जोशी, सचिवमा हेमबहादुर तामाङ, उपसचिवमा राजु तुलाधार, उदयराज भुजेल र कोषाध्यक्षमा ताराकुमारी मगर सर्वसहमत चयन हुनुभएको अध्यक्ष मण्डलका अध्यक्ष हरिप्रसाद थलङ्गले जानकारी दिनुभयो ।

शनिबारबाट सुरु भएको अधिवेशनको बन्दशत्रले आइतबार दिउँसो नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

कमिटीको सदस्यहरुमा सागर हायु, गंगाबहादुर तामाङ, राजिव राई दनुवार, मिनामाया दनुवार, झम्कनारायण श्रेष्ठ, रुद्रबहादुर मगर, तिजा मगर, बासुकुमार राई, गेल्वु शेर्पा, शिवकुमार राई, लक्ष्मीनारायण चौधरी, विजयकुमार लेखी रहनुभएको छ ।

त्यसैगरी रामप्रसाद आले, एमिता राई, प्रदिपकुमार राई, राजिन्द्र राई, लोकबहादुर तामाङ्ग, मनोज समाल, शिलाकुमारी श्रेष्ठ, कविता राई, निताकुमारी मगर, कुन्तमाया मगर, बिष्णु तामाङ्ग, रुद्र श्रेष्ठ, प्रकाश राई, प्रताप राना, दत्तकुमारी राई रहनुभएको छ ।

त्यस्तै कमिटीमा अम्वेवर राई, जानकीदेवी चौधरी, विजय हुजदार, चित्रबहादुर मगर, शम्भु तामाङ, गौरी श्रेष्ठ, रिता चौधरी, सन्तोष तामाङ, प्रेमबहादुर राई, श्रीकुमार राई, कुवेरकुमार मगर र बद्रिनारायण चौधरी रहेको थलङ्गले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले पहिचानवादीहरुले अहिले गरेको आन्दोलन मिथ्याको आन्दोलन भएको टिप्पणी गर्नुभयो । उहाँले आदिवासी जनजातिहरुको पहिचान नेकपा एमालेले दिलाएको स्पष्ट पार्नुभयो ।

शेर्पाले एमालेका नेता अमृतकुमार बोहरा स्थानीय विकास मन्त्री भएको समयमा आदिवासी जनजातिको पहिचान दिलाउनका लागि आयोग गठन गरेर सूचीकरण गरेको बताउनुभयो ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य तथा उदयपुर इन्चार्ज पर्शुराम मेघी गुरुङले एमालेले आदिवासी जनजातिका पक्षमा र उत्थानकालागि निरन्तर लागि परेको बताउनुभयो ।