२४ असार २०८३, बुधबार

एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपाललाई रजत

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेपालले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा रजत जितेको छ ।

डाउन रिभर, स्लालम र हेड टु हेड गरी ३ विधा समावेश प्रतियोगितामा नेपाल समग्रमा दोश्रो भएको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाउनुभएको छ ।

नेपाल हेड टु हेडमा १ सय २०, स्लालममा ८० र डाउन रिभरमा ६० गरी जम्मा २ सय ६० अंक जोड्दै दोश्रो भयो । नेपाल डाउन रिभरमा चौथो, स्लालममा दोश्रो र हेड टु हेडमा पहिलो भएको थियो ।

नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर रहेका छन् ।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगितामा भारत बेल्गाउँ २ सय ७० अंकसाथ पहिलो तथा भारत राइभोला २ सय ४८ अंकसाथ तेश्रो स्थानमा रह्यो ।