
गुल्मी, २६ फागुन । गुल्मीमा नेकपा (माओवादी केन्द्र)का मुसिकोट नगरकमिटी र चन्द्रकोट गाँउकमिटी अध्यक्ष नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
शनिबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा सुरू भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा माओवादी केन्द्र मुसिकोट नगरकमिटीका अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाँउकमिटी अध्यक्ष नवीन केसी एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँहरुलाई एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल), स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पार्टी पोलिट्ब्युरो सदस्य तथा गुल्मी इञ्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य दिनेश पन्थीलगायतले पार्टीमा स्वागत गर्नुभयो ।
एमालेमा प्रवेश गरेसँगै केसीले अब एमालेको मुल प्रवाहमा रही पार्टीले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्ने उद्घोष गर्नुभएको थियो ।









प्रतिक्रिया