२६ कार्तिक २०८३, बिहिबार

खानेपानी समस्या क्रमशः समधान गरिने छ : मन्त्री राई

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २६ फागुन । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताउनुभएको छ ।

गृह जिल्ला आउनुभएका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आज यहाँ सम्मान गरेको कार्यक्रममा उहाँले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताउनुभयो ।

“नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु”, मन्त्री राईले भन्नुभयो । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उहाँको भनाइ थियो ।