२२ असार २०८३, सोमबार

कृषि विकास बैंकले गर्‍यो महिला फुटबल खेलाडीलाई नगदसहित सम्मान

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । कृषि विकास बैंकले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी, प्रशिक्षक तथा अन्यसदस्यहरुलाई नगदसहित सम्मान गरेको छ ।

हालै साउदी अरबमा सम्पन्न पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेर उपविजेता बनेको नेपाली महिला टोलीलाई बैंकले प्रोत्साहनस्वरूप ६ लाख ७० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले हालै साउदी अरबमा महिला फुटबल टोलीले खेलको खेल देखेर बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरेको बताउनुभयो । उहाँले महिला फुटबल टोलीको खेल प्रदर्शनले नेपाली फुटबलमा नयाँ उत्साह ल्याएको र नेपाललाई विश्वसामु चिनाउन मद्दत पुगेको बताउनुभयो ।

महिला फुटबल टोलीलाई बधाई तथा शुभकामना दिनुहुँदै उहाँले आगामी यात्रामा महिला टोलीले साफ जित्नेगरी र सन् २०२७ को महिला फुटबल विश्वकप खेल्न छनोट हुने लक्ष्य राख्दै फुटबलको गतिविधि अघि बढाउनुपर्नेमा जोडदिनुभयो । त्यसका लागि उहाँले अखिल नेपाल फुटबल संघ (एन्फा) र सरोकारवाला सबैले महिला फुटबल टोलीलाई साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अखिल नेपाल फुटबल संघ (एन्फा)मार्फत खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।

महिला फुटबल टोलीका २३ जना खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ, मुख्य प्रशिक्षकलाई १५ हजार रुपैयाँ तथा प्रशिक्षक ३ जना, टिम म्यानेजर, फिजियोथेरापिस्ट, एन्फा, हेड अफ डेलिगेट्स र अफिसियललाई १०/१० हजार रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गरिएको बैंकले जनाएको छ ।