१२ कार्तिक २०८३, बिहिबार

आज तीनजना मन्त्रीले शपथ लिँदै, प्रधानमन्त्रीले गराउनुभयो राष्ट्रपतिलाई जानकारी

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नयाँ सत्ता गठबन्धनबाट आज तीनजना मन्त्री नियुक्त हुनुहुने भएको छ ।

सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हो ।

उहाँहरूलाई तत्कालका लागि बिना विभागीय मन्त्री बनाउन लागिएको जानकारी दिइएको छ । उहाँहरूलाई आजै शपथ गराउने तयारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ मन्त्रीको शपथबारे शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी समेत गराउनुभएको छ ।