३ कार्तिक २०८३, मंगलबार

फिल्मको सुपरस्टार हिरोइन बनाइदिने भन्दै पोखरामा महिनौदेखि किशोरीमाथि सामूहिक बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapped-girlकोहलपुर, ३१ जेठ । नेपाली चलचित्रको हिरोइन बनाइदिने भन्दै कोहलपुरकी एक १६ वर्षीया किशोरीलाई तीन युवकले पोखरामा एक महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ ।

हिरोइन बनाइदिने भन्दै होटलमा बन्धक बनाइ ती किशोरीलाई बलात्कार गर्ने दुई युवकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पोखराबाट पक्राउ गरिसकेको छ ।

किशोरीलाई गएको बैशाख ३० गते पोखरामा सुनचाँदीको पसलमा काम गर्ने रावल सिंह, राजा सिंह र सिमान्त दुलाईले हिरोइन बनाई दिने भन्दै पोखरा लगेका थिए । बलात्कारमा संग्लन रावल र राजा सिंहलाई पोखराबाटै पक्राउ गरिएको कोहलपुर प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले बताए ।

हिरोइन बनाउँने भन्दै कोहलपुरबाट हिँडेकी ती किशोरीलाईबीच बाटोमै बेहोस हुने औषधी खुवाएर बलात्कार गर्दै होटलमा बन्धक बनाएको पाएको छ ।

तीन युवकको बन्धकबाट भागेर कोहलपुर आइपुगेकी ती किशोरीले जेठ २८ गते प्रहरीमा हिरोइन बनाउँने भन्दै बन्धक बनाएर बलात्कार गरेको उजूरी दिएको डिएसपी शाहीले बताए ।

युवकले कोेहलपुरबाट पोखरा लिएर हिरोइन बनाउँनै भन्दै मोटरसाइकलमा लिएपछि कोहलपुर जंगल, विरगन्ज बजार र पोखरामा औषधी खुवाएर बलात्कार गरेको उजूरीमा उल्लेख गरिएको छ । उजूरीमा किशोरीले बेहोस भई बलात्कार गरेको र भारतमा बेचबिखनका लागि बिरगञ्जसम्म पुर्याएको उल्लेख छ ।

पोखराबाट पक्राउ गरिएका अभियुक्तलाई जर्वजस्तीकरणी र मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरेको डिएसपी शाहीले जानकारी दिए ।

सिनेमाको राम्रो सिनेस्टार बनाई दिने भन्दै फकाएर उनलाई लिएको भएपनि युवाहरुको योजना भने गलत देखिएको प्रहरीले जनायो । बन्धक बनाई बलात्कारमा संग्लन सिमान्त दुलाई भने फरार रहेका छन् ।

उनको खोजी कार्य जारी रहेको प्रहरीले जनायो । घटनाको अनुसन्धान भैइरहेको र घटनामा अन्यको समेत संग्लन हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सिनेमाको हिरोइन बनाई दिन्छु भन्दै ललाईफकाई गरी साथमा लिएपछि उनीहरुले महिनासम्म बन्धक बनाई सामूहिक बलात्कार गरेको खुल्न आएको छ । अभियुक्त तीनजना युवाहरु पोखरामा सुनचाँदीको पसल गर्दै आएका थिए ।

सिनेमामा हिरोइन सपना देखाएका उनीहरुले पहिलो दिनमै बाँके राष्ट्रिय निकुञ्जमा लिई औषधी खुवाएर बलात्कार गरेको पीडितले प्रहरीलाई जानकारी गराएकी छिन् ।

महिनौपछि पोखराको एक होटलको बन्धकबाट फुत्किएकी किशोरीले तीनै जनालाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेकी छिन् ।

उनको जाहेरीपछि प्रहरीले घटनालाई गम्भीरका रुपमा लिई अनुसन्धान गरिरहेको छ। मुख्य दुई अभियुक्त पक्राउ परिसकेकोले घटनाको वास्तविकता छिट्टै बाहिर आउने प्रहरीले जनायो ।

घटनामा फरार रहेका अर्का अभियुक्त पनि चाँडै फक्राउ हुने र स्थानीय व्यक्तिको समेत सहयोगी भूमिका रहेको हुनसक्ने उनले जनाए ।

कोहलपुरमै उच्चशिक्षा पढ्दै गरेकी ती किशोरी सामूहिक बलात्कारको सिकारपछि मानसिक र शारीरिक समस्या देखिएको समेत प्रहरीले जनायो । आजको नागरिक दैनिकमा समाचार छ ।