२४ असार २०८३, बुधबार

केपी ओली कपको उपाधिका लागि मछिन्द्र र एनआरटी भिड्दै

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुँदैछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि सुरु हुँदैछ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।