३ कार्तिक २०८३, मंगलबार

बाजेले नातिनीसँग मकैबारीमा जबरजस्ती गरिरहेको घाँस काट्न गएकी महिलाले देखेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapeपाँचथर, ३१ जेठ । शारिरीक रुपमा असक्त रहेकी बालिकालाई केहि दिन अघि जवरजस्ति करणीको आरोप लागेका एक ७० वर्षीय वृद्धले आरोप स्वीकारेका छन् ।

सुस्त मनस्थिती भएकी १३ वर्षीय वालिकालाई जवरजस्ति करणी गरेको अरोप लागेका लुङ्रुपा –३ का देवि राईले आफूले गरको अपराध स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी इक्पेक्टर रविराज थपलियाका अनुसार पीडितको उजुरीमा पक्राउ परेका राईले आफूले गल्ति गरेको भन्दै आरोप स्वीकारेका हुन ।

राम्रोसँग बोल्न नसक्ने बालिकालाई मकैबारीमा तानेर लगेर जबरजस्ती करणी गरेको आरोप लागेको थियो । घाँस काट्न गएकी महिलाले देखेपछि गाँउमा हल्ला गरिएको थियो ।

आरोपित वृद्धलाई प्रहरीले घटना भएको भोलिपल्ट पक्राउ गरेको थियो । पीडितसँग सँगै राखेर कुरा गर्दा राई अपराध स्विकारेपछि मुद्धाको प्रक्रिया अगाडी बढाएको उनले जानकारी गराए ।

वोल्न नसक्ने पीडित बालिकालाई फिदिम ल्याएर स्वास्थ्य उपचार गरिएको थियो । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।