२९ असार २०८३, सोमबार

त्रिकोणात्मक टी-२० सिरिज : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो ।

त्यस्तै नेदरल्यान्ड्सले भने सिरिजमा पहिलो खेल खेल्दै छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रशिद खान, सागर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आइसीसीको टी-२० वरियतामा तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११ औं स्थानमा रहेको छ भने नेदरल्यान्ड्स १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।