३ कार्तिक २०८३, मंगलबार

जापानले चामल दिने, नेपालमा कर्मचारीले बेचेर खाने, कता गयो आधा अर्ब ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_Khada_Santhanकाठमाडौं, ३१ जेठ । जापानले उपलब्ध गराएको अनुदानको चामल बिक्रीबाट आएको करिब आधा अर्ब रुपैयाँ खाद्य संस्थानबाटै गायव पारिएको छ ।

संस्थानले चामल बेचिसकेको ८ महिनासम्म पनि पूर्वसहमति अनुसार रकम सरकारी खातामा जम्मा भएको छैन ।

जापानले सन् २०१२ मा संस्थानलाई १९ हजार २ सय टन चामल अनुदानबापत उपलब्ध गराएको नागरिक दैनिकले छापेको छ ।

दाता, अर्थमन्त्रालय र खाद्य संस्थानबीच सम्पन्न अनुदानसम्बन्धी त्रिपक्षीय सम्झौतामा चामल बिक्रीपछि करिब आधार कम तत्कालै राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने उल्लेख छ ।

यसरी जम्मा गरिएको रकम नेपालमा सञ्चालित जापानी परियोजनामै खर्च गरिने पनि उल्लेख छ ।

चामल बिक्री भइसकेको आठ महिनासम्म पनि अर्थ मन्त्रालयले उपलब्ध गराएको राष्ट्र बैंकस्थित सरकारी खातामा पैसा नदेखिएपछि दाता स्वयंले आर्थिक अनियमितताको आशंका गर्दै रकम खोजी गरेको स्रोतले जनाएको छ।