अर्घाखाँची, २३ जेठ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ कुरमा बाघको आक्रमणबाट एक बालकको मृत्युभएको छ ।
सन्धिखर्क नगरपालिका–२ कुर निवासी सात वर्षीय सुरेश भुसाललाई आफ्नै घरबाट बाघले बिहीबार राति आक्रमण गरेको थियो ।
बाघले लगेपछि स्थानीय बासिन्दा र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले तत्काल खोजी गर्दा राति नै घरभन्दा करिब एक किलोमिटर तल जङ्गलमा बाघले खाएको अवस्थामा बच्चाका कपडा, खप्पर हाडहरू फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिनुभयो ।














प्रतिक्रिया