कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१५/२०१७ को कार्यकालको लागि अध्यक्ष पदमा हंशराज ढकाल क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।
१२ जुन २०१५ प्रवासी धनकुटा सेवा समाज कतारको भाग्यसाली चीट्ठा तथा साँस्कृतिक कार्यक्रमको समारोहमा अध्यक्ष पदमा आफूले उम्मेदवारी दिएको सबैमा औपचारिक रुपमा जानकारी गराएका थिए ।
बिगत लामो समयदेखि कतारमा मजदुरको रुपमा काम गर्दै कास्की आदर्श सेवा समाज कतारको संस्थापक सहसचिब तथा गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २००३ को सँस्थापक सदस्य तथा खस क्षत्री सेवा समाज कतारको निबर्तमान अध्यक्ष बर्तमान सल्लाहकार संयोजक तथा कास्की आदर्श सेवा समाज कतारको सल्लाहकार संयोजक रहेको जानकारी गराएका थिए ।
ढकालले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद संख्या ०५३ पन्जिकृत सदस्य २००५ देखि पार्षद रही २००९ देखि २०११ को केन्द्रिय सदस्यमा निर्वाचित भई कार्य गरिसकेका छन् ।
सम्पूर्ण नेपाली मजदुर दाजु भाई दिदी बहिनी, व्यवसायी, समाजसेवी, बुछिजिबी, पत्रकार संघ संस्था तथा सम्पूर्ण परिषद सदस्यमा सहयोगको पूर्ण आशा राखेको धारण उनले समारोहबाटै व्यक्त गरेका थिए ।
अध्यक्षका उम्मेदवार ढकालले मजदुरको सस्थालाई मजदुरमुखी र श्रमिकको हकहितको लागि लाग्ने प्रतिबद्धता जाहेर गर्दै सबैसंग सहयोगको लागि अपिल गरेका थिए ।















प्रतिक्रिया