२९ आश्विन २०८३, बिहिबार

आमासँग परपुरुषको ‘अफेयर’ चलेको १५ वर्षीय छोराले थाहा पाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

crime-557c044b139a2_exlstकाठमाडौं । १५ वर्षीय एक बालकले आफ्नै आमाका प्रेमीको हत्या गरेको घटना सार्वजनिक भएको छ । गुजरातको शहर सूरतमा प्रहरीले १५ वर्षीय एक युवकलाई हत्‍याको आरोपमा गिरफ्तार गरेको छ ।

युवकमाथि आरोप छ कि उनले शहरको पूना इलाकामा ४० वर्षीय एक पुरुषको हत्या गरिदिएका छन् । उनले आफ्ना केही साथीको सहयोगमा आमासँग अफेयर चलाइरहेका पुरुषको हत्या गरेका हुन् ।

दिनेश जाधव नामका पुरुष जो लिबांयत इलाका बस्दै आएका थिए । उनको लास इलाका क्षेत्रको रोडमा भेटिएको थियो । प्रहरीका अनुसार जाधवलाई धारिलो हतियार प्रहार गरेर दुबै युवक फरार भएका थिए ।

टाइम्स अफ इण्डियाका अनुसार, प्रहरीले आरोपी दुबै युवकलाई गिरफ्तार गरेर हिरासतमा पठाएको छ । जबकि दिनेश जाधवको शवलाई नजिकैको अस्पतालबाट पोस्टमार्टम गराएर प‌रिवारको जिम्मा लगाइएको छ ।

प्रहरी अनुसन्धानमा थाहा भयो कि जून महिलासँग जाधवको अफेयर चलिरहेको थियो उनका पतिको केही वर्षपहिले निधन भएको थियो । र ती एकल महिलाको पतिको निधन भएको केही दिनपछि जाधवसँग अफेयर सुरु भएको थियो । तर त्यो अफेयरको छोराले विरोध गर्दथ्यो ।

तर आमा आफ्नो छोराले गरेको विरोधको कुनै प्रवाह नगरी जाधवसँग अवैध सम्बन्ध राख्न थालिन । त्यसै क्रममा आरोपी छोराले जाधवलाई भने कि मेरी आमासँग भेटघाट गर्न नआउ, नत्र म तिमीलाई मार्न बाध्य हुनेछु । जाधवले त्यो धम्की प्रवाह गरेनन् । युवककी आमाको पछि लागिरहे ।

खबर अनुसार जून रात जाधवको हत्या भएको थियो, त्यो रात युवककी आमा आफ्नी बहिनीको घर वकीलवाडी गइरहेकी थिईन् । जहाँ जाधव पनि महिलाको पिछा गर्दै वकीलवाडी पुगेका थिए ।

यो कुराको जानकारी जब महिलाको छोराले पायो, तब आफ्नो काकाको छोरा (भाई)लाई लिएर वकीलवाडी पुगेर जाधवलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट जाधवको मृत्यु भयो । आरोपी ती युवक अहिले प्रहरी हिरासतमा छन् । एजेन्सी