काठमाडौं, ३० जेठ । प्रविधिको तिव्र विस्तारसँगै हरेक नागरिक इन्टरनेटको पहुँचमा पुगेका छन् ।
तर मंहगो इन्टरनेटका कारण पहुँचमा भएका नागरिकले पनि सर्बसुलभ रुपमा प्रयोग गर्न पाएका छैनन् । यही समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकमले ‘फाइबर टु द होम’ प्याकेज ल्याएको छ ।
आफ्ना ग्राहकहरुको माग र चाहना अनुसार टेलिकमले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्न ‘फाइबर टु द होम’ प्याकेज उपहार स्वरुप सार्वजनिक गरेको हो ।
‘फाइबर टु द होम’ प्याकेज सेवा नेक्स् जेनेरेसन नेटवर्क टेक्नोलोजीमा आधारित छ । यो सेवा नेपालका ग्राहकका लागि एकदमै राम्रो भएको टेलिकमको दाबी छ ।
ग्राहक प्रेमिसेसमा तामाको तारको साटो अप्टिकल फाइबर राखिएर विस्तार गरिएको सेवा नै ‘फाइबर टु द होम’ प्याकेज हो ।
हाइ-स्पीड र सस्तो इन्टरनेट सेवा यो प्रविधिबाट ग्राहकले प्राप्त गर्ने टेलिकमले जनाएको छ । थप जानकारीका लागि नेपाल टेलिकममा सम्पर्क राख्नुहोस् ।
यस्तो छ ‘फाइबर टु द होम’को संरचना :
















प्रतिक्रिया