बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाको ७ दिने सूचना

दैनिक नेपाल २०८० फागुन ९ गते ११:१५

काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेकाे बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न सुचना जारी गरेको छ ।

आज एक सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र  ललिता निवासकाे जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको हाे ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ( १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानूनी दायित्व महानगरपालिकालाई तोकेको उल्लेख गर्दै जग्गा खाली गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित