३० आश्विन २०८३, शुक्रबार

नेपालको कसिलो बलिङ, नेदरल्यान्ड्स १३७ रनमै समेटियो

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले जितका लागि १३८ रनको लक्ष्य पाएको छ ।

नेपालका लागि बलिङ कुशल भुर्तेल चम्किएपछि नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो ।

टीयू क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भएको हो । उसका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए ।

त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।