३ कार्तिक २०८३, मंगलबार

बामदेवको शासनमा असफल सिडिओहरू, छ/छ महिनामा फेरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev gautamकाठमाडौं, ३० जेठ । गृह मन्त्रालयले कार्यकाल एक वर्ष नपुग्दै दुई सिडिओको सरुवा गरेको छ ।

आएको ६ महिना नपुग्दै प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतको सरुवा गरेको छ ।

उनलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी बनाईएको हो ।

त्यस्तै तत्कालिन प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको पनि तीन महिना कार्यकाल नपुग्दै सरुवा भएको कान्तिपुर दैनिकले छापेको छ ।

तोकेको समय जिल्लामा बसेर कामकाज गर्न नदिई सरुवा गर्नु गलत संस्कार भएको नागरिक अगुवा केशबजंग शाहले बताए ।

यसले जिल्लाको शान्ति सुरक्षा, विकास लगाएतमा अवरोध आउने उनले बताए ।

पटक पटक कर्मचारीको फेरबदेलले सेवाग्राहीलाई मर्का पर्ने गरेको छ । एक बर्षमै यस जिल्लामा तीन सिडिओले काम गर्ने भए, शाहले भने ।