३० आश्विन २०८३, शुक्रबार

क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक, कप्तान रोहित पौडेल आउट

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा कुशल भुर्तेलले क्यानडाविरुद्ध अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा भुर्तेलले ४५ बलमा ५१ रन बनाएका हुन् । उनले एक छक्का र ८ चौकाको मद्दतमा ५१ बनाएका हुन् ।

यसैबीच, नेपालका कप्तान रोहित पौडेल ८ रन बनाएर आउट भएका छन् ।

यसअघि ओपनर आसिफ सेख पनि ८ रनमा आउट भएका थिए ।

जारी खेलको १४.३ ओभरमा नेपालले दुई विकेटको क्षतिमा ७१ रन बनाएर खेलिरहेको छ ।