काठमाडौं, २४ माघ । अष्ट्रेलियामा एकजना नेपाली युवकविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।
अष्ट्रेलियामा बस्दै आएका नेपाली नागरिक २६ वर्षीय रिदम भट्टचनविरूद्व औबर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
रिदमविरूद्व दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिइएको छ । अष्ट्रेलियन प्रहरीले उनको खोजी तीव्र पारेको छ ।
भट्टचनमाथि यसअघि पनि लागुऔषध लगायत कसुरमा मुद्वा चलिसकेको छ ।
अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस