
कास्की, २२ माघ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारिता क्षेत्रको विकासको लागि सबै पत्रकार एकठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ ।
प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा कास्की शाखाले आयोजना गरेको ‘प्रेस चौतारी पत्रकारिता सम्मान तथा पुरस्कार अर्पण समारोह २०८०’ लाई सम्बोधन गर्नुहुँदै अधिकारीले पत्रकारितामा क्षेत्रमा धेरैं खालका चुनौती थपिएको भन्दै सबै एक भएमात्र ती चुनौतीको सामना गर्न सकिने बताउनुभएको हो ।
गण्डकी प्रदेशबाट आमसञ्चार विधयेक प्रतिपक्षी दलको विशेष सहयोगमा टुंग्याउन लागेको उहाँले जानकारी दिनुभयो । पत्रकारिता राज्यको चौथौं अगं भन्दा पनि अनिवार्य अंग भएको उहाँको भनाइ छ ।
प्रेस चौतारी नेपाल कास्कीका कार्यबहाक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमा सम्मानित व्यक्तिहरू हुम तमु र मिना गुरुङ, पुरस्कृत व्यक्तित्व माधव बराल, एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, प्रेस चौतारी नेपाल कास्कीका संस्थापक अध्यक्ष पुन्य पौडेल, पूर्व अध्यक्ष तथा छनोट समितिका संयोजक हरि बाँस्तोला, नेपाल पत्रकार महसंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस चौतारी कास्कीका उपाध्यक्ष बालकुमारी पौडेल तारा र सचिव रञ्जन अधिकारी क्षेत्रीले आफ्नो धारणा राख्नु भएको थियो ।















प्रतिक्रिया