काठमाडौं । सामान्यतया पुरुषले महिलालाई बलात्कार गरेको घटना समाजमा व्याप्त छन् ।
यौनको प्यासलाई नियन्त्रण गर्न नसक्दा कतिपय पुरुषले नाबालिकादेखि बृद्धालाईसमेत बलात्कार गरेको घटना बेला बेलामा सार्वजनिक हुने गरेका छन् ।
तर, सबै बलात्कारका घटनामा पुरुषको मात्र हात हुँदैन । जर्मनमा एक २८ वर्षकी महिलाले एक नाबालक बालकसँग शारीरिक सम्पर्क राखेको अभियोगमा अदालतले तीन वर्षको कैद फैसला सुनाएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार केरोलिन सेलिसबरी नामकी महिलाले जर्मनीस्थित ब्रिटिश आर्मी बेस क्याम्पको एक स्कुलमा अध्ययनरत १४ वर्षीया एक बालकसँग पहिला मित्रता कायम गर्दै पछि धेरैपटक शारीरिक सम्पर्क राखेकी थिइन ।
अदालतले ती महिलालाई गत मार्चमा दुई वर्षको कैद सजाय सुनाएको थियो । तर, पीडित पक्षले सजाय बढाउनलाई दोस्रो पटक अदालतसमक्ष उजुरी दर्ता गराएका थिए । नागरिक दैनिकमा समाचार छ । एजेन्सी













प्रतिक्रिया