३० आश्विन २०८३, शुक्रबार

जापानलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । इरान एसियन कपको सेमिफाइनलमा पुगेको छ ।

शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा इरानले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

इरानले खेलको ९६औं मिनेटमा पाएको पेनाल्टी गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

इरानको जितमा मोहमद मोहेबी र अलिरेजा जहानबख्शले एक एक गोल गरेका थिए ।

त्यस्तै जापानका लागि हिदेमासा मोरिटाले एक गोल गरेका थिए ।

अब इरानले सेमिफाइनलमा कतार र उज्बेकिस्तानबीचको विजेतासँग खेल्ने छ । त्यस्तै जापान भने यो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।