३ कार्तिक २०८३, मंगलबार

प्रभावित जिल्ला जानुपर्ने ब्ल्याङ्केट झापा र सुनसरी किन पुगे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Blanketकाठमाडौं, २९ जेठ । बंगलादेशले भूकम्प पीडितका लागि पठाएका ११ ट्रक ब्ल्याङ्केट झापा र सुनसरीमा भेटिएको छ।

ब्ल्याङ्केटको संख्या भने खुलाइएको छैन ।

वैशाख १२ गते गएको ७ दशमलव ६ रेक्टरस्केलको आमविनाशकारी भूकम्पपछि पीडितको लागि बंगलादेशले कूल ५९ हजार २ सय ७२ थान ब्ल्याङ्केट पठाएको नागरिक दैनिकले छापेको छ ।

पूर्वाञ्चल क्षेत्रीय प्रशासक सुरेशप्रकाश आचार्यले बंगलादेशले राहत स्वरुप पठाएका ब्ल्याङ्केट मध्ये अधिकांश झापाको काँकडभिट्टास्थित भन्सार कार्यालय र सुनसरीको विपत भण्डारण केन्द्रमा राखिएको बताए।