दमौली , जेठ २८ गते । सञ्चारकर्मी अमरराज नहर्कीद्धारा रचित एक गजल गीतको म्युजिक भिडियो तयार भएको छ । पत्रकार नहर्की गोरखापत्र दैनिकका तनहुँ समाचारदाता तथा रेडियो बन्दीपुरको स्टेशन म्यानेजर हुनुहुन्छ ।
भिडियोलार्ई काठमाडौँ स्थित भाईब क्रियशनले युटुब मार्पmत बुधबार बजारमा ल्याएको छ । म्युजिक भिडियोको निर्माण भने पोखरा स्थित फलानो क्रियशन गरेको थियो । बजारमा आएको भिडियोमा
‘दुःखी छु दुःखले छुन चाहन्न
त्यसैले तिम्रो हुन चाहन्न
लिए पछि तिर्नु नि सक्नु पर्छ
सक्दिन तिर्न गून चाहन्न
म छु झुपडीमा तिमी महलमा
भुईमा छु आकाशको जून चाहन्न’
बोलको गजल गीत रहेको छ । गीतमा श्वर चर्चित गायक राज सिग्देलले दिनु भएको छ । गीतमा सङ्गीत पनि गायक सिग्देलको नै रहेको छ । भिडियोको निर्देशन सञ्चारकर्मी अपिल त्रिपाठीले गर्नु भएको छ । भिडियोको छायाकारमा सरोज अधिकारी रहनु भएको छ । भिडियोको सम्पादन सुवास अम्गाईले गर्नु भएको छ ।
गीतको सुन्दर नगरी पोखरा र यस आसपास क्षेत्रमा छायाङ्कन गरिएको छ । भिडियोमा सुमन श्रेष्ठ ,अस्मिता क्षेत्री र अजुर्न नागिलाको मूख्य भुमिका रहेको छ । गीतमा चर्चित गायक राज सिग्देलले आवाज दिनु भएको छ । गीतको सङ्गीत पनि राज सिग्देलको नै रहेको छ । गीतको ड्रिम्स रेकडिङ स्टुडियो कमलादी काठमाडौंमा रेर्कड गरिएको थियो ।
गीत महिलाको आवाजमा पनि रेकर्ड भएको छ । महिलाको श्वरको पनि भिडियो तयार भएको छैन । महिलामा शुसिला नेपाल थापाले श्वर दिनु भएको छ नहर्कीद्धारा लिखित रोमान्टिक गीत नवराज थापाको श्वर तथा सङ्गीतमा ‘लाखौं तारा आकाशमा तर तिमी जून….’ पल्टने गायक बिरु जीएमको सङ्गीतमा नेपाली सेनाका कर्णेल गौरब गुरुङको श्वरमा माछापुच्छ्रे मेरो माया डुब्यो फेवातालमा…’ , गायक राज सिग्देलको सङ्गीतमा रहेको सुदीप सेढाईको आवाजमार रहेको ‘पवित्र मायालाई मिसायौ जहरमा….’ लगायतका गीतहरु बजारमा आउने तयारी भई रहेको गीतकार नहर्कीले बताउनुभयो ।
नहर्की मिलन बिछोड, धनी गरिब बीचको अनमेल, जातिय विभेदलाई गीत तथा गजलको रुपमा पस्किनुहुन्छ । बाल्यकाल देखि नै लेख्दै आउनु भएका नहर्की पत्रकारीता र साहित्य एकै साथ लैजाने बताउनुहुन्छ ।
दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले २०५४ सालमा आयोजना गरेको क्याम्पस स्तरीय कविता प्रतियोगितामा ‘पोल्ने छायाँ’ बोलको कविता प्रतियोगितामा प्रथम भए पछि हौंसला मिलेको नहर्कीले बताउनुभयो । ‘मानविकी संकायमा प्रथम वर्षमा पढ्दै गर्दा पहिलो पटक प्रतियोगितामा भाग लिएको र प्रथम हुन समेत सफल भएकाले उत्साह मिल्न गयो’ गीतकार नहर्कीले थप्नु भयो ।
पत्रकार नहर्की १२ वर्ष अघि देखि पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहुन्छ । स्थानिय स्तरका दजनौं सामाजिक सस्थाबाट सम्मानित पत्रकार नहर्की शिक्षा लेखनबृत्ति पत्रकारिता पुरस्कार–२०७०’ लगायतबाट पुरस्कृत हुनु भएको छ ।
















प्रतिक्रिया