३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री कप : चौथो जित निकाल्दै बागमति शीर्ष स्थानमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा बागमति प्रदेश विजयी हुँदै शीर्ष स्थानमा उक्लिएको छ ।

मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा बागमतिले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले २४.२ ओभरमा सवै विकेट गुमाएर ७८ रन मात्रै बनायो ।

कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक २३ रन बनाउँदा निश्चल रावलले १३ रन जोडे । अरु दोहोरो अंकमा रन बनाएनन् भने अतिरिक्त नै १७ रन आएको थियो ।

बागमति प्रदेशका रिजन ढकालले ५ विकेट लिँदा कृजन गुरुङले २ विकेट हात पारे । यसैगरी प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले एक/एक विकेट लिए । ७९ रनको एकदमै झिनो लक्ष्य बागमति प्रदेशले १३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । इशान पाण्डेले ४० रन बनाउँदा रविन जोशीले १६ र अशोक पौडेलले ६ रन नट आउट बनाएर खेल जिताए । कप्तान तिर गौतम ८ तथा आशुतोष घिररैया ९ रनमा आउट भए । बगमतिले गुमाएका सबै ३ विकेट दिवान पुनले हातपारे ।

जितसँगै बागमतिले ६ खेलबाट ८ अंक बनाएर शीर्ष स्थानमा उक्लिँदा सुदूरपश्चिम, नेपाल पुलिस र मधेश प्रदश समान ६ अंकसहित शीर्ष चारमा रहेका छन् । कर्णाली प्रदेश भने प्रतियोगितामा २ खेलमात्रै जित्न सफल भएको छ ।