८ श्रावण २०८३, शुक्रबार

यू-१९ विश्वकप क्रिकेटमा आयरल्याण्डको विजयी सुरुआत

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । आइसीसी यू-१९ विश्वकप क्रिकेटमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा शुक्रबारदेखि सुरु भएको क्रिकेटमा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको १०६ रनको सामान्य लक्ष्य आयरल्याण्डले २२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

पहिला ब्याटिङ गरेको अमेरिकाले ४०.२ ओभरमा सवै विकेट गुमाएर जम्मा १०५ रन बनायो । अमेरिकाका लागि खुस भालाले सर्वाधिक नटआउट २२ रन बनाउँदा पर्थ पटेलले १३ रन बनाए । यसैगरी आमोग एरपलीले ११ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । अतिरिक्त १९ रन पाएको थियो ।

आयरल्याण्डका रुवेन विल्सन र ओलिभर रेलेले तीन तीन विकेट लिँदा जोन म्याकनेलीले २ विकेट लिए ।

१०६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डलाई जिताउन रेयन हन्टरले ५० रनको नटआउट अर्धशतकीय पारि खेल्दा फिलिपस ले रुक्सले २३ रनको नटआउट पारि खेले ।

यसगरी किन हिल्टन २३ रनमा आउट भएका थिए । अमेरिकाका आर्य गर्गले २ विकेट लिए । जितसँगै समूह एमा आयरल्याण्डले २ अंक बनाएको छ ।