३ कार्तिक २०८३, मंगलबार

कतारको कम्पनीले आफ्ना नेपाली कामदारको घर बनाइदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Quatarकाठमाडौं, २८ जेठ । कतारको अलएबल ट्रेडिङ एन्ड कन्ट्याक्टिङ नामको कम्पनीले भूकम्पले क्षतिग्रस्त आफ्ना कर्मचारीको घर बनाउन सहयोग गर्ने भएको छ ।

कम्पनीले खटाएका प्रतिनिधिले क्षतिग्रस्त घरहरुको निरीक्षण सुरु गरेको नागरिक दैनिकले छापेको छ ।

‘कम्पनी नाफामा जानुमा कामदारको ठूलो हात हुन्छ,’ कम्पनीका जनरल कन्भेनर मिजिएस इकेले भने,‘उनीहरुको अवस्था ठीक भएमात्रै काममा मन लगाउन सक्छन् । त्यसैले उनीहरुको घर निर्माणमा सहयोग गर्न लागेको हौं ।’

आफूले विदेशमा सुनेकोभन्दा धेरै बढी क्षति यहाा आएपछि देखेको उनले बताए ।

अलएबल कम्पनीमा चार सय नेपाली कार्यरत रहेको उनले जानकारी दिए ।

भूकम्पले क्षति पुर्याएका कामदारको घर निरीक्षण गरी पुननिर्माणको योजना बनाउने कम्पनीका नेपाली कर्मचारी घनश्याम पराजुलीले बताए ।