सोलुखुम्बु, २७ जेठ । महाभूकम्पपछिको लगातारको पराकम्पनका कारण आज सोलुखुम्बुको सेती हिमपोखरी फुटेको आशंका गरिएको छ ।
सोलुखुम्बु जिल्लाको हुँगा नदीमा एक्कासी भीषण बाढी आएपछि यो आशंका गरिएको हो । हुँगा नदीमा भीषण बाढी आएपछि सर्वसाधारण त्रसित भएका छन् । बैशाख १२ गतेको महाभूकम्पका कारण सेती हिमपोखरी फुट्ने अवस्थामा पुगेको थियो ।
हिमपोखरी फुटेर बाढी आएको आशंकामा यतिबेला नदी किनारका बासिन्दाले घर छाडेका छन् । स्थानीय प्रशासनले नदी किनारबाट टाढा बस्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
राति भएका कारण यकिन विवरण आउन बाँकी रहेको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी चन्द्रदेव राईले दैनिक नेपाललाई बताउनुभयो । ‘ठूलो आवाजमा खबर बाढी आएको थियो, अहिले आवाज केही घटेको भन्ने खबर आएको छ, हामी बुझ्ने कोशिसमा छौँ ,’- उहाँले दैनिक नेपालसँग भन्नुभयो ।












प्रतिक्रिया