१७ कार्तिक २०८३, मंगलबार

एक घण्टामै नेपालमा दुई भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, २७ जेठ । नेपालमा बुधबार साँझ चार बजेसम्म तीनवटा भूकम्पका धक्का महसुस भएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो भूकम्प आज दिउँसो २ बजेर ५१ मिनेटमा दोलखा केन्द्रविन्दु भएर गएको छ । दोलखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का ४ दशमलब २ रेक्टर स्केलको हो ।

यसअघि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर एक घण्टा अगाडि १ बजेर ३६ मिनेटमा ४ दशमलब ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो । केन्द्रका अनुसार आज दिउँसो १ घण्टाको अन्तरमा दुई भूकम्प गएका हुन् ।

यसअघि आज विहान ३ बजेतिर सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको थियो । केही दिनदेखि भूकम्पका धक्का आउने क्रम भइरहेका बेला बुधबार नेपालमा तीन वटा धक्का महसुस भएका हुन् ।

earth-quake-table