अमेरिका । उत्तर अमेरिकाको सर्बोच्च शिखर आरोहणको तयारीमा रहेका विश्व पर्वतारोही एवं अल्ट्रा धावक सञ्जय पण्डितलाई न्युयोर्कका समाजसेवी कृष्ण बहादुर बिष्टले व्यक्तिगत २ हजार डलर (करिब २ लाख) सहयोग गरेका छन् ।
बुधबार न्युयोर्कको रिज्वूदमा आयोजित कार्यक्रममा उक्त रकम हस्तारन्तरण गरिएको छ ।
सात महादेशका सातै सर्वोच्च शिखर आरोहणको कीर्तिमान बनाउने तयारीमा रहेका पण्डितले यसअघि एसियाको सगरमाथा, मनास्लु, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो, यूरोपको उच्च शिखर माउण्ट एलव्रुस, अष्ट्रेलियाको माउण्ट कोजिअस्को र दक्षिण अमेरिकाको माउण्ट एकान्कोगुवा सफलता पूर्वक आरोहण गरिसकेका छन् ।
एउटा युवाले राष्ट्रलाई चिनाउन एस्तो उत्साहक साथ बिश्वसामु आउनु खुसी ब्यक्त गर्दै धनले होइन मनले मात्र सहयोग गरेको कुरा गर्दै संजय पण्डित देशको गहना भएको कुरामा एउटा नेपालीलाई गर्बका साथ छाप परेको कुरा राख्दै सहयोग सबै मिलेर थोपा थोपा गरि डेनाली हिमालको आरोहण सफल पार्न बिष्टले अपिल समेत गरे्र बिष्ट रिज्वूड नेपाली समाजका वर्तमान उपाध्यक्ष हुन् ।
पण्डितले भने–‘अमेरिकाको डेनाली आरोहण जीवनको एउटा अवस्मरणीय क्षण मानी रहेको छु, भुकम्पबाट मारिएकाको सम्झना प्रति यो आरोहण समपर्ण गर्ने कुरा बताए । उनि जून २३ मा न्यूयोर्क देखि अलास्का प्रस्थान गर्दैछन् ।
















प्रतिक्रिया