
काठमाडौं, २४ पुस । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बर बहादुर विष्ट चयन हुनुभएको छ ।
कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकबाट उहाँ सर्वसम्मत सभामुख चयन हुनुभएको हो । सभामुखमा विष्टको एकल उम्मेदवारी परेको थियो ।
उहाँलाई सत्तागठबन्धनसहित नेकपा एमालेले समेत समर्थन गरेको थियो ।















प्रतिक्रिया