
काठमाडौं, २३ पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकमा लगानी भित्राउन सरकारले आवश्यक वातावरण बनाइरहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित भारत–नेपाल विजनेश फोरममा मन्त्री महतले नेपालमा लगानीका धेरै उपयुक्त क्षेत्र रहेकाले लगानी गर्न आह्वान गर्दै सरकारले आवश्यक वातावरण बनाइरहेको बताउनुभएको हो । उहाँले लगानीलाई सहज गर्न पुराना कानूनहरुलाई परिमार्जन गर्दै लैजाने उल्लेख गर्नुभयो ।
सरकारले आगामी अप्रिलमा लगानी सम्मेलन गर्न लागेको भन्दै मन्त्री महतले त्यसअघि सरकारले आवश्यक पूर्वाधार तयारीमा ध्यान केन्द्रीत गरेको जिकिर गर्नुभयो ।
उहाले जलविधुत क्षेत्रका नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता भएको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा सयौं पर्यटकीय स्थल भएपनि सडकको अवस्थाका कारण त्यसको पूर्ण उपयोग गर्न नसकेकाले सडक निर्माणमा समेत ध्यान दिएको उहाले बताउनुभयो ।
उहाले नेपालका नीजि क्षेत्र र भारतको नीजि क्षेत्रबीच सहकार्य गरेर व्यवसाय तथा लगानीका लागि काम गर्न सुझाव दिनुभयो ।















प्रतिक्रिया