३० आश्विन २०८३, शुक्रबार

अमेरिकाको ‘इकोनोमिक काउन्सलर’मा पोखरेल नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kailash-Pokhrel

काठमाडौँ, २७ बैशाख । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाका लागि ‘इकानोमिक काउन्सलर’ मा कैलाशराज पोखरेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को हालैको बैठकले आगामी चार बर्षका लागि पोखरेललाई ‘इकोनोमिक काउन्सर’मा नियुक्त गरेको हो । अर्थमन्त्रालयको वैदेशिक सहायता महाशाखामा कार्यरत उपसचिव पोखरेल छिट्टै अमेरिका जाने उहाँको पारिवारिक स्रोतले जनाएको छ । २८ बर्षदेखि निजामति सेवामा कार्यरत पोखरेल लामो समयदेखि अर्थमन्त्रालयमा वैदेशिक सहायताका लागि विज्ञका रुपमा कार्यरत हुनुहुन्थ्यो । विश्व बैंकको मुख्यालय डिसीस्थित कार्यकारी निर्देशकको सल्लाहकार, संयुक्त राष्ट्रसंघ, युनिडो जापान लगायतका अन्तर्राष्ट्रिय निकायमा काम गरिसकेका पोखरेल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा गोल्ड मेडलिष्ट हुनुहुन्छ । पोखरेल एमाले वरिष्ठ नेता माधवकुमार नेपालका बहिनीज्वाईं समेत हुनुहुन्छ ।

सरकारले अमेरिकाका लागि इकोनोमिक काउन्सर नियुक्त गरेको यो पहिलोपटक हो । यसअघि भारत लगायतका देशमा एकोनोमिक काउन्सर नियुक्त गर्दै आएको थियो ।