काठमाडौँ, २७ बैशाख । पूर्वमन्त्री एवं राप्रपा नेपालका नेता पदमसुन्दर लावतीको निधन भएको छ ।
काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार ११ बजे उपचारका क्रममा उहाँको निधन भएको हो । ७४ बर्षीय लावती किड्नीसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका तीन वटा छोरामध्ये दुई जना अमेरिका र क्यानडामा रहेका कारण उहाँको अन्त्येष्टि शनिबार मात्रै गरिने भएको छ ।
उहाँको पार्थिब शरीर अन्तिम श्रद्धान्जलीका लागि शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म रंगशालामा राखिने भएको छ । यसैगरी, १० बजेदेखि ११ बजेसम्म ललितपुरको ग्वार्कोस्थित निवासमा र १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
लावतीले केही समययता राप्रपा नेपालमा फरक मत राख्दै देशभर अभियान संचालन गर्दै आउनुभएको थियो । उहाँका शुभचिन्तकहरुको यतिबेला नर्भिक अस्पतालमा भीड लागेको छ ।













प्रतिक्रिया