२९ आश्विन २०८३, बिहिबार

जोए र बटलरको ‘डबल’ शतकमा इंग्ल्याण्डको शानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jos Butler

काठमाडौं, २७ जेठ । न्यूजिल्याण्डविरुद्धको खेलमा २१० रनको फराकिलो अन्तरको जित हात पार्दै इंग्ल्याण्डले एकदिवसीय क्रिकेटमा १–० को अग्रता लिएको छ ।

पाँचौ एकदिवसीय खेलको श्रृखलामा इंग्ल्याण्ड १-० अंकका साथ माथि उक्लिएको हो । ब्याटिङका लागि सुरुमै मैदानमा उत्रिएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ४०८ रनको विशाल स्कोर खडा गर्‍यो ।

इंग्ल्याण्डका लागि जोए रुट र जोस बटलरले शतक हाने । बटलरले १२९ रन बनाए भने रुटले १०४ रनको योगदान दिएका थिए । ट्रेन्ट बोल्टले चार विकेट लिए ।

Steven Finn

४२९ रनको विजयी लक्ष्य सहित जवाफी व्याटिङ गरेको न्यूजिल्याण्डले ३१.१ ओभरमा सबै विकेट गुमाएर १९८ रन मात्रै बनायो उसका लागि रोज टेलरले सर्वाधिक ५७ रन बनाए भने केन विलिम्सनले ४५ रन जोडे । अन्य खेलाडी क्रिजमा जम्न सकेनन् ।

इंग्ल्याण्डका स्टीभ फिन र आदिल रसिदले समान ४–४ विकेट लिएका छन् । इंग्ल्याण्डको एकसदवसीय क्रिकेटमा खेलेका खेलमा यो स्कोर सबैभन्दा बढी हो । एजेन्सी