काठमाडौं, २७ जेठ । नेपालसहित भारतमा पनि गर्मी बढेको बढ्यै छ । गर्मीबाट नेपालमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ । भारतमा मात्रै २ हजार बढीको मृत्यु भइसकेको छ ।
यो वर्ष काठमाडौंमा पनि अत्यधिक गर्मी बढेको छ । गर्मी कहिले सम्म कायम रहन्छ ? मौसम पूवार्नुमान महाशाखाले अबको चारपाँच दिनमा मनसुन भित्रिने जनाएको छ । महाशाखाकी मौसमविद शान्ति कँडेलले मंगलबार साँझसम्मको अवस्थाले मनसुन चारपाँच दिनभित्र पूर्वी नेपालबाट भित्रिन सक्ने जानकारी दिइन् । ‘खास भोलिदेखि नै मनसुन सुरु हुनुपर्ने हो । तर पनि सात दिनभित्र आउने सम्भावना छ,ु उनले भनिन् ।
साउथ इन्डियन समुद्रबाट अरब सागर हुँदै मनसुन सबैभन्दा पहिले भारतको केरला छिर्छ । त्यहाँबाट बंगालको खाडी हुँदै थाइल्यान्ड, म्यानमार, बंगलादेश र भारत हुँदै पूर्वी नेपालबाट छिर्छ । ‘अहिले यो म्यानमार र बंगालदेशको केही भागमा पुगेको अवस्था हो,ु मौसमविद कँडेलले भनिन्, ‘त्यहाँबाट नेपाल छिर्न चारपाँच दिन लाग्न सक्छ।ु
मनसुन नेपाल प्रवेश गरिसकेपछि सुदूरपश्चिम पुग्न झन्डै एक साता लाग्ने गरेको छ । मनसुन पश्चिम नपुगुन्जेल पश्चिमबासीले चिसो अनुभव गर्न पाउने सम्भावना कम भएको कँडेलको अनुमान छ ।
महाशाखाका अनुसार सामान्यतया जेठ २७ गते मनसुन भित्रिने दिन हो । तर पछिल्ला वर्षहरुमा मनसुन एक सातादेखि पन्ध्र दिनसम्म ढिलो हुन थालेको छ । कँडेलका अनुसार भारतमा मनसुन दक्षिणी सहर केरलाबाट भित्रिने गर्छ । अहिले त्यहाँ पनि पाँच दिन ढिलो गरी मनसुन भित्रिँदैछ। यो भारतीय मौसम विज्ञान विभागको अनुमान पनि हो । आजको नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया