विजय थापा / भर्जिनिया
३२ औ एएनए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ) डिसी सम्मेलनमा एएनएको गतिबिधिलाई सशक्त रुपमा समाचार, श्रब्यदृश्य, लेख, अन्तर्वार्ता, खोजमुलक, अन्वेषणनात्मक, विशेषांक अंक प्रकाशित गरि विश्वभर नेपाली समुदायमा पुरयाई संस्थाको गरिमा वृद्धि गर्ने चार संचारमाध्यमलाई एएनए डिसी सम्मेलनमा सम्मान गरिने भएको छ l
सम्मानित हुने संचारमाध्यमहरु अमेरिकाबाट संचालित व्हाइट हिमाल टेलिभिजन तथा डिसी महानगर क्षेत्रबाट संचालित अमेरिका नेपाल टेलिभिजनलाई सम्मान गरिने भएको छ l यसै गरि लामो समय देखि न्युयोर्क राज्यबाट प्रकाशित हुदै आएको साप्ताहिक पत्रिका एवरेस्ट टाइम्स न्युडटकम तथा टेक्सास राज्यबाट संचालनमा रहेको बिधुतिय पत्रिका टेक्सास नेपाल डटकमलाई सम्मान गरिने भएको छ l
व्हाइट हिमाल टेलिभिजनका संचालक शान खड्का हुन् भने सुर्य थापा प्रबन्ध निर्देशक हुन् l अमेरिका नेपाल टेलिभिजन एक सशक्त समुह द्वारा संचालितमा रहेको छ भने २०१२ को टेक्सास र २०१३ को न्युयोर्क ए एन ए सम्मेलनमा सहभागी हुन् आधा दर्जन भन्दा ज्यादा संचारकर्मी सम्मेलनमा पुगी समाचार बिश्वभरि पुर्याउन सहयोग गरेका थिए भने यसपाली प्रत्यक्ष प्रसारण देखाउने योजनामा रहेको बताएका छन् l टेक्सास नेपाल डटकमले २९ औ एएनए देखि नै तीन दिन सम्म लगातार समुहमा आई एएनए सम्मेलनको सम्पूर्ण गतिबिधि बिश्व नेपाली समुदाय बीच पुर्याउन मदत गरेको छ l
सम्मानित हुने साप्ताहिक पत्रिका एवरेस्ट टाइम्स न्युडटकमका सम्पादक तथा सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाको पत्रकार आङ्ग छिरिङ्ग शेर्पा हुन l आङ्ग छिरिङ्ग शेर्पा एक दशक भन्दा लामो समय नेपालकेा कान्तिपुर दैनिकमा कार्यरत संचारकर्मी हुन् र न्युयोर्कबाट उनीले सगरमाथाको नाम बाटै एभरेस्ट टाइम्स पत्रिका संचालन गर्दै आई रहेका छन् l उनि नेपाल अमेरिका पत्रकार संघका निवर्तमान अध्यक्ष हुन् l
३१ औ एएनए सम्मेलनमा पाँच संचार माध्यमहरु- जनपुकार डटकम, बिआरटिनेपाल डटकम, युएस नेपाल अनलाइन डटकम, ईनेपलिज़ डटकम तथा बोस्टन डटकमलाई सम्मान गरिएको थियो भने २०१० मा सगरमाथा टेलीभिजन युएस एका संचालक रामचन्द्र खरेललाई सम्मानको घोषणा गरिएता पनि कारणबस वहालाई ३० औ ए एन ए टेक्सास सम्मेलनमा सम्मान गरिएको थियो l यसै गरि २०११ को २९ औ ए एन ए डिसी सम्मेलनमा डिसीनेपाल डटकमलाई सम्मान गरिएको थियो l
पत्रकार सम्मानको साथै छिट्टै ए एन ए हिरो (नायक )२०१४ पनि घोषणा गरिने भएको छ l














प्रतिक्रिया