३ कार्तिक २०८३, मंगलबार

होस् गर्नोस् है, फेसबुक ह्याक होला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

facebook

काठमाडौं । राजधानी र आसपासका बासिन्दामा कतिबेला भुइँचालो आउला ? कसरी सुरक्षित भएर बस्ने भन्ने त्रास अझै छ । तर, १२ कक्षा पढ्ने ठिटाहरु अर्काको फेसबुक ह्याक गर्दै पैसा असुलीमा लागेछन् ।

अहिले प्रहरी नियन्त्रणमा एकजना ठिटा त छन्, तर बाँकी दुई ठिटा अझै युवतीहरुलाई हायलकायल पार्नमै मग्न छन् । तीनजनाको समूह बनाएर चलेको यो धन्दामा रमाइलो रहेछ ।

फेसबुकमा पिपुल सर्च गर्यो, अलि हुने खाने जस्तो वा सुन्दरी युवती देख्यो कि अकाउन्ट ह्याक गरिहाल्ने । जमाना पनि कस्तो आयो भने, बरु मान्छेलाई बेलामा दाल–भात नभए केही हुन्न, फेसबुक नहुँदा मरेतुल्य हुने ।

जब आफ्नो अकाउन्ट ह्याक हुन्छ आफ्ना हातखुट्टा नै भाँचिएजस्तो कतै विरानीमा एक्लै बहुलाएर बसेजस्तो ठान्ने नै भए । यस्तोमा पीडितलाई एकाउन्ट कसले ह्याक गर्यो भनी खोज्ने प्रवृत्ति कम हुँदो रहेछ ।

बरु ह्याकरलाई पैसा खुवाएर ह्याकमुक्त हुनेतिर लाग्दा रहेछन् । फेरि ठिटाहरु परे निकै बाठा । अकाउन्ट ह्याक गरेपछि ह्याक गरिएका अकाउन्ट होल्डरका नजिकका चिनारु खोज्न थालिहाल्ने ।

भेटिएपछि चिनेकै मान्छेबाट म्यासेज पठाइहाल्ने । ‘अकाउन्ट ह्याक भएको छ, खोल्न सकिन्छ । बरु अलिकति पैसा लाग्छ ।’ यस्तोमा अकाउन्ट ब्लक वा ह्याक गरिएका फेसबुक प्रयोगकर्ताले जति पनि खर्च गर्ने नै भए ।

तर, ठिटाहरुले साहै्र धेरै कुरा केही नमाग्ने, ठूला कुरा पनि नमाग्ने । मान्छे हेरेर कोहीसँग पाँच सयका त कोहीसँग हजारका रिचार्ज कार्ड माग्ने । यस्ता माग केटाहरुको हकमा भयो । केटीसँग सकेसम्म डेटिङ अफर गर्ने, उस्तै परे शारीरिक शोषण सम्म गर्ने रहेछन् ।

अहिले बाग्लुङ घर भएर काठमाडौंको एउटा कलेजमा अध्ययनरत २२–२३ वर्षका बाहुन क्षेत्री युवक हनुमानढोका प्रहरी नियन्त्रणमा छन्, आजको जनआस्था साप्ताहिकमा खबर छ ।