३ कार्तिक २०८३, मंगलबार

एमालेले भनेको नमान्ने उच्च अधिकारीलाई बामदेवले यसरी लात लगाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौं, २७ जेठ । गृह मन्त्रालयले ५३ उच्च अधिकारीसहित ३० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।

गृह मन्त्री वामदेव गौतमले आफ्नो पार्टी एमाले निकट रहेका उच्च अधिकारीलाई महत्वपूर्ण जिल्लामा सीडीओको जिम्मेवारी दिएका छन् ।

गौतमले आफ्नो पार्टीको स्वार्थअनुसार काम नगरेका सीडीओहरूलाई भने मन्त्रालय र क्षेत्रीय प्रशासन कार्यालयमा थन्क्याएको कान्तिपुर दैनिकले छापेको छ ।

गौतमले आफ्नो पार्टीको सिफारिसमा सीडीओ हेरफेर गरेको स्रोतले उल्लेख गरेको छ ।

गृह मन्त्रालयअनुसार सिन्धुपाल्चोकमा बलभद्र गिरी, पाल्पामा कृष्णप्रसाद ज्ञवाली, इलाममा विष्णु कार्की, मनाङमा भीमकान्त शर्मा र ओखलढुङगामा यादव सुवेदीलाई सिडिओ बनाइएको छ ।

गृहले प्रेम लुइटेललाई डडेलधुरा, मित्रलाल शर्मालाई रोल्पा, पुरुषोत्तम घिमिरेलाई पाँचथर, सुरेन्द्रराज पौडेललाई भोजपुर, सागरमणि पाठकलाई म्याग्दी र लीलाधर अधिकारीलाई बैतडीको सिडिओ बनाएको छ ।