धरान, २७ जेठ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सोमबार राति १५ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
सात आठ जनाको समूहमा आएका युवाले प्रेमीसँग रहेकी उनलाई खोसेर बलात्कार गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
प्रतिष्ठान परिसरको पश्चिमतर्फको चौरमा साथीसँग बसिरहेकी धरान १७ की ती किशोरीलाई समूहले नियन्त्रणमा लिएर बलात्कार गरेको धरान प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका युवाहरुको समूहले ती किशोरीको प्रेमीलाई पनि निर्धाट कुटपीट गरेका थिए ।















प्रतिक्रिया