३० आश्विन २०८३, शुक्रबार

भूकम्पपीडितको सहयोगार्थ ‘सानु’को च्यारिटी शो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saanu– सुशिल नेपाल 

पाल्पा । पाल्पाली लोकगायक तथा शब्द संकलक हुम गैरेले निर्माण गरेको चलचित्र ‘सानु’को च्यारिटी शो गरिने भएको छ ।

भूकम्पपीडितको सहयोगार्थ नेपालका विभिन्न सहर तथा विदेशमा पनि च्यारिटी शो गरिने तयारी भैरहेको चलचित्रका निर्माता गैरेले जानकारी दिए । असारको दास्रो हप्तादेखि नेपालको पोखरा, बुटवल, नारायणघाट, गुल्मी, पाल्पा लगायतका १० वटा बढी ठाउँ र विदेशमा समेत च्यारिटी शो गर्ने तयारी गरिएको उनले बताए ।

चलचित्रमा कथा र संगीत पनि गैरेकै रहेको छ भने कुमार केसीको निर्देशन, देव महर्जनको द्धन्द्ध, इन्द्रा गहतराजको पटकथा र हरिनारायण चौधरीको छायांकन रहेको छ ।

सामाजिक तथा पारिवारिक परिवेशमा बनेको चलचित्रमा यशराज, सन्दिप बुर्लाकोटी, सारीका केसी, कृष्टिना थापा लगायतका कलाकारको अभिनय रहेको छ । पाल्पाको तानसेन लगायत स्याङजा, नवलपरासी, काठमाडौंका मनोरम स्थानमा चलचित्रको छायांकन गरिएको छ ।