काठमाडौं । वातावरणीय प्रभावले पछिल्लो समय मानवसँगै संसारका सम्पूर्ण प्राणीको जीवनचक्र बदलिएको छ ।
त्यसको असर आजभोली मानवमा पनि देखिन थालेको छ । केही समयअघि अछाममा बाँदर जस्तो बच्चा जन्मिएको थियो । उक्त घटना नबित्दै दुई हप्ता अगाडि मात्रै चितवनमा रोबोर्ट जस्तो बच्चा जन्मिएको थियो ।
तर मंगलबार यहाँ अनौठो बच्चा जन्मिएको छ । राजस्थानको हनुमानगढको एक निजी अस्पतालमा एलियन जस्तो बच्चा जन्मिएको छ । यो बच्चाको शरीरको बनावट अनौठो छ, जसकारण डाक्टरलाई पनि यो घटना बुझ्न मुश्किल परेको छ ।

डाक्टरले यो बच्चालाई लाखौमा एक भएको बताए । र यस्ता बच्चा संसारमा धेरैबेर सम्म बाँच्न सक्दैनन्, भनेका छन् । जानकारी अनुसार एक महिला बच्चा जन्माउन गत बुधबार अस्पताल भर्ना भएकी थिईन् ।
अस्पतालमा उनले एक यस्तो बच्चालाई जन्म दिईन् जसको कान, नाक आदि देखिएका थिएनन् । बच्चाको छाला पनि ठाउँ ठाउँमा काटिएको थियो र आँखा बन्द थिए । उसका ओठ पनि अनौठा थियो । बच्चाको छाला कडा खालको छ ।
अनौठो तरिकाले जन्मिएको यो बच्चालाई मेडिकल कलेजमा रिफर गरिएको थियो । तर दोस्रो अस्पताल लैजाने सल्लाहपछि अभिभावकले बच्चालाई अफ्नो घर लगेर गए । एजेन्सी














प्रतिक्रिया