
काठमाडौं, १२ पुस । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा मानवीय त्रुटि भएको निष्कर्ष निकालिएको छ ।
२०७९ माघ १ गते सेती खोँचमा यती एयरलाइन्सको एटीआर ७२ एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो ।
दुर्घटनापछि गठित छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा दुर्घटनाको कारण मानवीय क्रुटि रहेको निष्कर्ष निकालिएको हो । दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष छ ।
जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोहीकारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको छ ।
जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएका कारण दुर्घटना भएको बताइएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया