१७ कार्तिक २०८३, मंगलबार

दिल्लीका कानुनमन्त्री नै नक्कली प्रमाणपत्र आरोपमा पक्राउ, केजरीवाललाई झट्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jitendra-singh-tomar-kejariwal

नयाँ दिल्ली, २६ जेठ । आफ्ना मन्त्री नक्कली प्रमाणपत्रको अभियोगमा पक्राउ परेपछि भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाललाई झट्का लागेको छ ।

नयाँ दिल्ली राज्यका कानुनमन्त्री कानुनमन्त्री जितेन्द्र सिंह तोमर आफैले आफ्नो विश्वविद्यालय डिग्रीका रुपमा पेस गरेको प्रमाणपत्र नक्कली पाइएको आरोपमा पक्राउ परेका हुन् । सोमबार राति दिल्ली प्रहरीले उनलाई पक्राउ गरेको छ । उनले प्रस्तुत गरेको आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली रहेको प्रहरीको दाबी छ । मन्त्री तोमरको आफ्नो प्रमाणपत्र नक्कली पाइएको भन्दै केही समयदेखि अनुसन्धान जारी रहेको थियो ।

प्रहरी स्रोतले भनेको छ– दिल्लीका कानुनमन्त्रीले आफुले नयाँ दिल्लीको निर्वाचनमा उम्मेदवार बन्ने क्रममा पेस गरेको प्रमाणपत्र नक्कली पाइएको छ त्यसैले उनलाई पक्राउ गरिएको छ ।

उनलाई मङ्गलबार नै अदातलसमक्ष पेस गरिने जानकारी पनि सो प्रहरी स्रोतले दिएको समाचारमा जनाइएको छ । उनी केजरीवालको आम आदमी पार्टीका नेता हुन् । भ्रष्टाचार विरोधी अभियानका एक अभियन्ताका रुपमा पनि उनले काम गरेका थिए ।

दिल्लीमा यसअघि अर्का एक अधिकारीलाई पनि उनले आफ्नो नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ गरिएको केहीदिनमात्र पछि यो अर्को नक्कली प्रमाणपत्रका आधारमा पक्राउ गरिएको समाचार आएको जनाइएको छ ।

दिल्लीको निर्वाचनमा उम्मेदवार बन्ने क्रममा मन्त्री तोमरले यो प्रमाणपत्र पेस गरेका थिए । पछि उनको सो प्रमाणपत्र नक्कली रहेको भनी दिइएको उजुरीका आधारमा यो अनुसन्धान अघि बढाइएको थियो । एजेन्सी